बिहिबार, २८ अगस्ट २०२५

कृषकलाई ब्याज अनुदान उपलब्ध : कृषिमन्त्री थापा 

News Image
• • •

गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले कृषकलाई ब्याज अनुदान उपलब्ध गराउने बताएका छन्।

मन्त्री थापाले ऋण लिएर व्यावसायिक कृषिखेती गर्ने कृषकलाई ब्याज उपलब्ध गराउने बताएका हुन्।

प्रदेश सरकारले चालू आर्थिक वर्षदेखि नै कृषकका लागि ऋणमा ब्याज अनुदान कार्यक्रम कार्यान्वयन शुरु गरेको बताउँदै उनले भने, ‘कृषक र वित्तीय संस्था थपबीच विश्वासको वातावरण बनाउन ब्याज अनुदान कार्यक्रम ल्याइएको हो।’

वित्तीय सहकारीहरुले आफ्नो कूल पुँजीको ३० प्रतिशत उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपनै र कृषि सहकारीले आफ्नो ७० प्रतिशत रकम कृषि उत्पादनमा लगानी गर्नुपर्ने ऐनमै व्यवस्था गरिसकेको उनले बताए।

‘गण्डकी प्रदेशभित्र मात्रै सहकारी क्षेत्रमा रु ६५ अर्बभन्दा बढी पूँजी छ’, मन्त्री थापामगरले भने, ‘अब कम्तीमा रु १९ देखि २० अर्बमा उनीहरुले कृषि क्षैत्रमा लगानी गर्नुपर्छ।’ 

प्रदेश सरकारले ल्याएको सहकारी ऐनको कार्यान्वयनसँगै कृषि क्षेत्रमा पूँजीको अभाव नहुने उनको भनाइ छ।

 

आइतबार, फाल्गुण १८, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)