टी २० सिरिजमा बंगलादेशको ‘क्लिन स्विप’

बिएल संवाददाता

काठमाडाै‌ं

जिम्बावेविरुद्धको दुई खेलको टी २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज बंगलादेशले क्लिन स्विप गरेको छ। ढाकामा बुधबार भएको दोस्रो तथा अन्तिम खेलमा ९ विकेटको जित निकाल्दै बंगलादेशले सिरिज २-० ले जितेको हो।

जिम्बावेले दिएको १ सय २० रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले १५.५ ओभरमा १ विकेट गुमाउँदै पुरा गर्यो। बंगलादेशको जितमा ओपनर लिटन दास ६० रनमा अविजित रहे। उनले ४५ बलमा ८ चौका सहित ६० रन बनाएका थिए। यता मोहम्मद नईम ३४ बलमा ५ चौका सहित ३३ रनमा क्याच आउट भए।

सौम्य सरकारले १६ बलमा २ छक्का सहित २० रनमा अविजित रहे। जिम्बावेका क्रिस एमपुफुले १ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ७ विकेट गुमाएर १ सय १९ रन बनाएको थियो। जिम्बावेका लागि ब्रेण्डन टेलरले ५९ रनको अर्धशतकीय इनिङ्स खेले। टेलरले ४८ बलमा ६ चौका र १ छक्कासहित ५९ रन बनाएका हुन्। 

यता क्रेग इरबिन २९ र सिकन्दर राजाले १२ रन बनाउन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन्।

बंगलादेशका मुस्ताफिजुर रहमान र अल अमिन हसनले २–२ विकेट लिए।

यसअघि सोमबार भएको खेलमा बंगलादेशले जिम्बावेलाई ४८ रनले हराएको थियो।

प्रकाशित मिति: : 2020-03-12 10:52:01

प्रतिकृया दिनुहोस्