बुधबार, १३ अगस्ट २०२५

मित्रताको मेसी मिसाइल, रोनाल्डिन्होलाई चार मिलियन युरो सहयोग

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौैं
News Image
• • •

मेसीलाई नायक मान्ने लाखौ मानिस छन् यो संसारमा। उनका विपक्षीलाई नायक मान्ने पनि कम छैनन्। अनि तिनै विपक्षीलाई नायक मान्नेहरू मेसी नराम्रो भएर हैन, उनीहरूका नायकलाई पछि पारेकोमा मेसीलाई खलनायक पनि ठान्छन्। तर, आग्रह वा पूर्वाग्रहभन्दा माथि उठेर हेर्ने हो भने मेसी फुटबलका जादुगर हुन्। उनले फुटबललाई लोकप्रिय बनाउन अहम् भूमिका खेलेका छन्। 

उनी गोल गरेर वा गोल नगरेर मात्र हैन, यदाकदा आउट अफ बक्स काम गरेर पनि आफूलाई नायक ठान्नेहरूको मन जितिरहेका हुन्छन्। त्यस्तै एउटा गतिलो उदाहरण प्रस्तुत गरेर मेसीले फेरिएकपटक उनका शुभचिन्तकहरूको मन मात्र जितेका छैनन्, उनीहरूलाई गौरवान्वित पनि पारेका छन्। 

रोनाल्डिन्हो नभएको भए आजको अवस्थामा म हुने थिएन। उनले मलाई यहाँ पुर्याउन ठूलो योगदान दिएका छन्। उनी अप्ठ्यारोमा परेको बेला म कसरी चुप लागेर बस्न सक्छु र ?'
-लियोनल मेसी

मेसीले यसपटक प्रस्तुत गरेको मिसाइल भने मित्रताको मिसाइल हो। उनले नराम्रो दिन भोगिरहेका आफ्ना मिल्ने साथीका लागि चार मिलियन यूरो खर्च गरेर त्यो मिसाइल कायम गर्न लागेका हुन् । उनका मित्र पनि चानचुने मानिस हैन, विश्व फुटबलका एक महारथी रोनाल्डिन्हाे हुन्। उनले ब्राजिललाई सन् २००२ को विश्वकप जिताउँन अहम् भूमिका निर्वाह गरेका थिए। तिनै रोनाल्डिन्हो नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा बुधबार पराग्वेमा पक्राउ परेका थिए।

उनले आफूले प्रयोग गरेको पासपोर्ट नक्कली भएको आफूलाई थाहा नभएको बताए पनि धर पाएका छैनन्। पछिल्लो समय उनको आर्थिक अवस्था पनि राम्रो छैन। 

यो थाहा पाएका मेसीले आफ्ना मित्रका लागि मित्रताको मेसी मिसाइल प्रस्तुत गरेका हुन्। कुनै समय मेसीसँगै बार्सिलोनाबाट खेल्ने रोनाल्डिन्हो मेसीका संघर्षको दिनका साथी हुन्। मेसी भन्छन्, 'रोनाल्डिन्हो नभएको भए आजको अवस्थामा म हुने थिएन। उनले मलाई यहाँ पुर्याउन ठूलो योगदान दिएका छन्।'

मेसी त्यसै मेसी भएका हैनन् । उनी कति महान छन्, त्यो भन्ने मसँग कुनै शव्द छैन। उनले गरेको यो मायाले  मेरा आँखाबाट गौरवका आँसु  झरे। म तिनै  गर्वका आँसुका केही थोपाले उनको नाम लेख्न चाहन्छु।
- रोनाल्डिन्हो

'उनी अप्ठ्यारोमा परेको बेला म कसरी चुप लागेर बस्न सक्छु र ?' रोनाल्डिन्होको कानुनी लडाईका लागि लाग्ने सबै खर्च ब्यहोर्ने घोषणा गर्दै उनले भने। 

मेसीको यो घोषणा सुनेर रोनाल्डिन्होले भने, मेसी त्यसै मेसी भएका हैनन्। उनी कति महान छन्, त्यो भन्ने मसँग कुनै शव्द छैन। उनले गरेको यो मायाले  मेरा आँखाबाट गौरवका आँसु  झरे। म तिनै  गर्वका आँसुका केही थोपाले उनको नाम लेख्न चाहन्छु।'

विश्व फुटवलका यी महान हस्तीका भनाइ सुन्दा लाग्छ, उनीहरू फुटबलका मात्र खेलाडी हैनन्, शव्दका पनि त्यतिकै महान खेलाडी हुन्। 

शनिबार, चैत्र ०१, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)