त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ५२ रोपनी जग्गामा दीपक मल्होत्राको रजाँई

नेपाल लाइभ

व्यवसायी दीपक मल्होत्राले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ५२ रोपनी जग्गाको भाडा नतिरीसाढे ६ वर्षदेखि उपभोग गर्दै आइरहेको तथ्य सतहमा आएको छ।

व्यवसायी मल्होत्राले जग्गाको भाडा रकम नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयलाई तिर्नुपर्ने थियो तर तिरेका छैनन्। उनले विमानस्थल कार्यालयलाई तिर्नुपर्ने बक्यौता रकम पनि ६ करोड रुपैयाँभन्दा बढी भइसकेको छ।

विमानस्थलको बक्यौताको विषय बाहिर आएसँगै व्यापारी मल्होत्राका विषयमा संसदको सार्वजनिक लेखा समितिको समेत ध्यानाकर्षण भएको छ।

‘मल्होत्रालगायत विमानस्थलमा व्यापार/व्यवसाय गर्ने सबैको बक्यौताबारे हामीले विवरण माग गरेका छौं,' समितिका सभापति भरत शाहले भने, ‘बक्यौता किन नतिरिएको हो भन्ने जवाफ पनि मागेका छौं।’

मल्होत्रालाई ५२ रोपनी जग्गामा रजाईँ गर्ने वातावरण भने तत्कालीन विमानस्थलका महाप्रबन्धक इन्जिनियर रतीश चन्द्रलाल सुमनले गरी दिएका थिए।

प्रकाशित मिति: : 2019-04-04 02:16:47

प्रतिकृया दिनुहोस्