बिएल संवाददाता
अमेरिकाका जेलहरुले कैदी–बन्दीलाई रिहा गर्ने तयारी गरेका छन्। न्युर्योक सिटीमा जेलहरुमा पनि कोरोना भाइरसको संक्रमण देखिन थालेपछि कैदी–बन्दीलाई रिहा गर्न लागिएकाे हाे।
न्यूयोर्क सिटीका मेयर बिल डी ब्लासिओले कैदीबाट अरुमा संक्रमण सर्ने जाेखिम धेरै रहेकाे कारण उनीहरुलाई रिहा गर्न लागिएकाे जानकारी दिए।
उनले कैदी–बन्दीका पहिचान गरी चाँडै नै रिहाको प्रक्रिया थालिने बताएका छन्। यसरी रिहा गरिने कैदीमा सामान्य अपराधमा पक्राउ परेका तथा कोरोना संक्रमणको उच्च जोखिम रहेकाहरु हुने जनाइएको छ।
यता जेल सुधारको पक्षमा वकालत गर्दै आएकाहरुले पनि कैदीहरुमा कोरोना भाइरसको संक्रमण फैलिने भएका कारण सबैलाई रिहा गर्न माग गरेका थिए। यसअघि लस एन्जलस र क्लेभल्याण्डले सयौँ कैदी बन्दीलाई रिहा गरेका थिए।
विश्वभर हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख २० हजार पुगेको छ। यस्तै ज्यान गुमाउनेको संख्या ८ हजार ८ सय भन्दा बढी छ।
कोरोनाका कारण अमेरिकामा हालसम्म १५२ जनाको मृत्यु भएको छ। अहिलेसम्म ९ हजार चार सयजना भन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया