बिएल संवाददाता
अमेरिकाका जेलहरुले कैदी–बन्दीलाई रिहा गर्ने तयारी गरेका छन्। न्युर्योक सिटीमा जेलहरुमा पनि कोरोना भाइरसको संक्रमण देखिन थालेपछि कैदी–बन्दीलाई रिहा गर्न लागिएकाे हाे।
न्यूयोर्क सिटीका मेयर बिल डी ब्लासिओले कैदीबाट अरुमा संक्रमण सर्ने जाेखिम धेरै रहेकाे कारण उनीहरुलाई रिहा गर्न लागिएकाे जानकारी दिए।
उनले कैदी–बन्दीका पहिचान गरी चाँडै नै रिहाको प्रक्रिया थालिने बताएका छन्। यसरी रिहा गरिने कैदीमा सामान्य अपराधमा पक्राउ परेका तथा कोरोना संक्रमणको उच्च जोखिम रहेकाहरु हुने जनाइएको छ।
यता जेल सुधारको पक्षमा वकालत गर्दै आएकाहरुले पनि कैदीहरुमा कोरोना भाइरसको संक्रमण फैलिने भएका कारण सबैलाई रिहा गर्न माग गरेका थिए। यसअघि लस एन्जलस र क्लेभल्याण्डले सयौँ कैदी बन्दीलाई रिहा गरेका थिए।
विश्वभर हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख २० हजार पुगेको छ। यस्तै ज्यान गुमाउनेको संख्या ८ हजार ८ सय भन्दा बढी छ।
कोरोनाका कारण अमेरिकामा हालसम्म १५२ जनाको मृत्यु भएको छ। अहिलेसम्म ९ हजार चार सयजना भन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया