बिहिबार, २८ अगस्ट २०२५

कोभिड –१९ः तयारीका लागि जनशक्ति व्यवस्थापन गरिने

रासस

रासस

काठमाडाै‌ं
News Image
• • •

सरकारले कोभिड– १९ को तयारीका लागि  प्रदेशअन्तर्गत कार्यरत मेडिकल अधिकृत, वरिष्ठ चिकित्सक र अध्ययनरत विद्यार्थीलाई परिचालन गर्न प्रदेश सरकारलाई अनुरोध गरेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रोगको उपचारका लागि त्यस प्रदेशअन्तर्गत कार्यरत र अध्ययनरत जनशक्तिलाई रोगको रोकथाम तथा नियन्त्रणका लागि परिचालन गर्न अनुरोध गरेको हो । मन्त्रिस्तरीय निर्णयका आधारमा नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गरेर हाल कार्यरतलाई खटाइएको निकायमा न्यूनतम सेवा प्रवाह नरोकिने गरी कोभिड–१९ को रोकथाममा आवश्यकतानुसार परिचालन गर्ने योजना बनाएको हो । 

त्यस्तै मन्त्रालयले सम्बन्धित कलेजसँग समन्वय गरी एमबिबिएस र एमडी अध्ययनरतलाई पनि परिचालन गर्न  सम्बन्धित प्रदेश सरकारलाई अनुरोध गरेको छ ।

सोमबार, चैत्र १०, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!