बागमती प्रदेश प्रमुखले एक महिनाको तलब उपलब्ध गराउने

बिएल संवाददाता

काठमाडाै‌ं

बागमती प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसाईंले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न सरकारले गठन गरेको केन्द्रीय राहत कोषमा एक महिनाको पारिश्रमिक बराबरको रकम जम्मा गर्ने बताएका छन्। 

कोरोना लागेका बिरामीको उपचारका लागि एक महिनाको तलब उपलब्ध गराउने प्रदेश प्रमुख प्रसाईंले जानकारी गराएका हुन्। 

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी नेपालमा पनि देखा परेमा थप समस्या हुने भन्दै आफूले सहयोग गर्न लागेको उनले बताए। 

मन्त्रिपरिषदको बैठकले आइतबार सो कोष गठन गरी प्रधानमन्त्रीसहित मन्त्रीहरुको एक एक महिनाको तलब जम्मा गर्ने निर्णय गरेको थियो। सो कोषमा सरकारले ५० करोड रुपैयाँ जम्मा गरेका छन्।
 

प्रकाशित मिति: : 2020-03-25 05:07:00

प्रतिकृया दिनुहोस्