बिहिबार, २१ अगस्ट २०२५

नेपाल चैत २५ सम्म लकडाउन, अत्यावश्यक सामग्री होम डेलिभरी

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नलिन घोषणा गरेको लकडाउनको अवधि थप गरेको छ।

नेपालमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै गत सोमबार उच्चस्तरीय समन्वय समितिले मंगलबार बिहान ६ बजेबाट लागू हुने गरी एक साता लामो लकडाउन घोषणा गरेको थियो।

यो लकडाउन चैत १८ गते विहान ६ बजेसम्म कायम रहने थियाे। तर त्यसअघि नै लकडाउनको अवधि थपिएकाे छ।  मन्त्रिपरिषद्को भर्खर सकिएको बैठकले २५ गते १२ बजेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

कोरोनाको संक्रमण फैलिन नदिन जनतालाई घरभित्रै राख्नुपर्ने भएकाले लकडाउन चैत महिनाभरि लम्ब्याइएको सरकारका प्रवक्ता डा‍. युवराज खतिवडाले जानकारी दिए।

लकडाउनको अवधि लम्बिँदा अत्यावश्यक सेवा प्रवाहलाई प्रभावकारी बनाउन उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले कार्ययोजना बनाएको उनले बताए।

तरकारी, खाद्यान्न, इन्धनलगायतका अत्यावश्यक सामाग्री खरिदका लागि मानिसहरु घर बाहिर ठूलो संख्यामा ननिस्कुन् भनेर होम डेलिभरीको संयन्त्र खडा गर्ने र टोलटोलमा आपूर्ति गर्ने योजना छ। यो कार्ययोजनाबारे शनिबार राष्ट्रपति र प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको थियो।

यस्तै सरकारले निर्माण क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने र अति विपन्नलाई केही राहत प्याकेज घोषणा गर्ने तयारी गरेको छ। 

केही स्थानीय तहले वडा कार्यालयमार्फत विपन्न र दैनिक ज्यालादारी गर्नेहरुलाई खाना खाने व्यवस्था मिलाइरहेको र अन्यत्र पनि यसलाई प्रभावकारी बनाउन आवश्यक बजेट प्रबन्ध गर्ने तयारी भइरहेको छ।

सोमबार, चैत्र १७, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)