
रासस
कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताल सुर्खेतमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरेको छ।
सङ्घीय सरकारले उपलब्ध गराएको कोरोना परीक्षण गर्ने पिसिआर मेसिन बुधबार कर्णाली प्रदेश अस्पतालमा जडान गरी प्रयोगशाला स्थापना गरिएको प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए।
'कर्णाली प्रदेशको आवश्यकतालाई महसुस गरी सङ्घीय सरकारले पठाएको कोरोना परीक्षण मेसिन प्राप्त भएको छ', मन्त्री रावलले भने, 'अब यहाँका कोरोना सङ्क्रमित बिरामीहरुको ‘थ्रोट स्वाब’ सुर्खेतमै परीक्षण हुनेछ।'
कर्णाली प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डा डम्बर खड्काले उपलब्ध पिसिआर मेसिनले प्रदेशवासीलाई सहज बनाएको बताए।
कोरोना सङ्क्रमित भेटिएमा तिनको ‘थ्रोट स्वाब’ परीक्षण सुर्खेतमै हुने बताउँदै मेसु डा खड्काले यसका लागि नेपाल सरकारले एक जनशक्ति पनि पठाएको जानकारी दिए।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया