राहत वितरणमा अनियमितता गरेको भन्दै झडप, एक प्रहरीसहित दर्जनभन्दा बढी घाइते

राहत वितरणमा अनियमितता गरेको भन्दै सुनसरीको दुहबीमा दुई समूहबीच झडप  भएको छ। दुहवी ९ छातावलीमा दुई पक्षबीच भएको झडपमा एक प्रहरीसहित झन्डै एक दर्जन युवक घाइते भएको दुहबी प्रहरीले जानकारी दिएको छ। 

इलाका प्रहरी कार्यलय दुहबीका इन्पेक्टर प्रबिण कार्कीकाअनुसार घाइतेको अवस्था सामान्य छ भने स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। प्रहरी जवान अनिल यादव घाइते छन्।

 वडाले राहत वितरण आइतबारबाट सुरु गरेको थियो। तर राहत वितरणमा वडाध्यक्षलगायतले अनियमितता गरेको भन्दै एक स्थानीय युवाले फेसबुकमा लेखेका थिए। सोही विषयमा छलफल गर्न भेला भएको बेलामा दुई पक्षबीच झडप भएको हो। 

यता दुहबी ९ का वडाअध्यक्ष मेहदी हुसैनले राजनीतिक पूर्वाग्राहका कारण आरोप लगाएको र छलफलको क्रममा झडप भएको बताए।


 

प्रकाशित मिति: : 2020-04-05 12:34:24

प्रतिकृया दिनुहोस्