सम्पादकीय
कोरोनाभाइरसको परीक्षणका लागि आवश्यक सामग्री किन्न प्रहरीको तलब कट्टा गर्ने सरकारले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्तालाई राज्यको ढुकुटीबाट पोस्नका लागि सुकुम्बासी आयोग गठन गर्न लागेको छ । सीमामा नागरिक बिचल्लीमा परेका छन् । आमाको किरिया गर्नसमेत देशभित्र छिर्न दिइएन । देशको अर्थतन्त्र धान्ने भनिएका वैदेशिक रोजगारमा गएका नेपाली नागरिकलाई सम्बन्धित मुलुकहरूले फिर्ता लैजान भन्दा सरकार थाहै नपाएजस्तो गरेर बसेको छ । थातवास नभएपछि दसौं दिन पैदल हिँडेर भने पनि घर जान खोज्नेहरूलाई जिल्ला जिल्लामा रोकेर यता न उता बनाइएको छ । अस्पतालबाट बिरामी जाँचेर फर्केका डाक्टरहरूलाई परिचयपत्र देखाउँदा पनि प्रहरीले लाठी बर्साएको छ । अर्थात्, सरकारविरुद्ध आक्रोश उमार्ने सबै काम सरकारी निकायले गरिरहेकै थिए । यस्तो अवस्थामा अहिलेको सबै स्रोतसाधन लगाएर कोरोनाभाइरसको नियन्त्रण र त्यसबाट थला परेको अर्थतन्त्रको धुकधुकी बचाउन लाग्नु पर्नेमा सरकार भने राज्यको ढुकुटी लुटाउन व्यस्त लागेको छ ।
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया