
दिपा दाहाल
प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन सम्बन्धी अध्यादेश खारेज गर्ने आश्वासन दिएपनि त्यसको कार्यान्वयनमा ढिलाई भएको निष्कर्ष निकाल्दै नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेललगायत ६ जना नेताहरु फेरि भैँसेपाटीमा भेला भएका छन्।
नेकपाका सचिवालय सदस्य वामदेव गौतमको निवासमा भेला भएका उनीहरुले अध्यादेशबाट उत्पन्न परिस्थतिबारे छलफल गरेका छन्। साथै अध्यादेशको विरोधमा आफूहरुले लिएको अडान यथावत राख्ने निचोडमा पनि उनीहरु पुगेका छन्।
बैठकमा सामेल एक नेताका अनुसार प्रधामन्त्री ओलीले बिहीबार बिहान प्रचण्ड, नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाललाई अध्यादेश खारेजको आश्वासन दिएपनि त्यसको कार्यान्वयनलाई लिएर आशंक थपिएको भन्दै उनीहरु भेला भएका हुन्। बैठकमा प्रचण्ड,पौडेल,खनाल,नेपाल, गौतमसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सामेल भएका थिए।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
प्रतिक्रिया