बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले ११ बजेका लागि डाकेको मन्त्रिपरिषद् बैठकबाट राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने संभाना रहेको प्रधानमन्त्रीकी सचिवालय सम्बद्ध स्रोतले जानकारी दिएको छ ।
एक सल्लाहकारले आफूलाई कोट नगर्न आग्रह गर्दै प्रधानमन्त्री ओली 'एक कदम पछि हट्ने' संभावना भएको बताए । उनका अनुसार, राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने संभावना छ ।
अध्यादेशको तत्कालीन प्रयोजन सकिएको र निशाना नै समाप्त भएकोले पार्टी भित्र र बाहिरको दबाब सम्बोधन गर्न पनि फिर्ता गर्ने मनस्थितिमा पुगेको उनको विश्लेषण छ । 'कहिलेकाहीँ एक कदम पछि पनि त हट्नुपर्छु, प्रधानमन्त्री सचिवालय स्रोतले नाम उल्लेख नगर्न आग्रह गर्दै भन्यो, 'यसबारे हिजै साँझ राष्ट्रपतिज्यूसँग छलफल भएको छ।'
अध्यादेश खारेज गर्नेबारे उनले बिहीबारै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि छलफल गरिसकेका छन् । प्रधानमन्त्री ओली साँझ सात बजेदेखि ८ बजेसम्म शितल निवास बसेर फर्किएका थिए।
बिहीबार बिहान अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई फिर्ता गर्ने आश्वासन दिए पनि फिर्ता नलिएको भन्दै साँझ भैंसेपाटी भेला आयोजना गरिएको थियो ।
यसबाहेक कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि चैत ११ देखि जारी लकडाउनका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया