शुक्रबार, २२ अगस्ट २०२५

रुपन्देही र बाँकेका दुईजनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५९ पुग्यो

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

रुपन्देही र बाँकेमा पनि कोरोना भाइरसका संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। 

उनीहरु दुवै जनालाई आइसोलेसनमा राखी उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।

यससँगै कुल संक्रमितको संख्या ५९ पुगेको छ। यसमध्ये हालसम्म १६ जना कोरोनाभाइरस संक्रमित निको भएर घर फर्किसकेका छन्।

शुक्रबार, बैशाख १९, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!