बिहिबार, २१ अगस्ट २०२५

भारतीय रवैयाको विरोधमा उत्रिएका सुरक्षा निकायका दुई पूर्वअधिकारी पक्राउ

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

भारतीय रवैयाको विरोध गर्दै सडकमा उत्रिएका सुरक्षा निकायका दुई पूर्वअधिकारी पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा नेपाली सेनाका पूर्वसहायक रथी प्रेमसिंह बस्न्यात र सशस्त्र प्रहरीका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठ रहेका छन्। 

भारतले लिपुलेकस्थित नेपाली भूमि मिचेर चीनको मानसरोबर जाने सडक निर्माण गरेको विरोध गर्दा बस्न्यात र श्रेष्ठलाई प्रहरीले शनिबार काठमाडाै‌ंको शंकपार्कबाट पक्राउ गरेको हो। 

उनीहरु दुवैलाई अहिले महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखिएको छ।

शनिबार, बैशाख २७, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)