बिएल संवाददाता
स्पेनका शीर्ष दुई लिगका क्लबहरुले सोमबारदेखि सानो समूहमा प्रशिक्षण सुरु गर्न पाउने भएका छन्।
कोरोना भाइरसको महामारीका कारण गएको मार्चदेखि रोकिएको यो सिजनको लिग सुरु गर्ने तयारी स्वरुप प्रशिक्षण थालिएको हो। स्पेनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आउने क्रममा छ।
लकडाउन क्रमिक रुपमा खुकुलो पार्न थालिएको छ। सोही प्रक्रिया अन्तर्गत अहिलेसम्म ला लिगा र दोस्रो डिभिजनका खेलाडीहरुले व्यक्ति प्रशिक्षण गरिरहेका छन्।
सोमबारदेखि क्लबका खेलाडीहरुले सानो समूहमा प्रशिक्षण गर्न पाउने भएका छन्।
सोमबारदेखि लिग सुरु गर्नका लागि निर्धारण गरिएको प्रोटोकल अन्तर्गतको तेस्रो चरण सुरु हुने समाचार संस्था रोयटर्सले जनाएको छ।
क्लबहरुले मे १८ देखि सरकारको निर्देशन अनुसार नै बढीमा १० खेलाडीसम्मको समूह बनाएर प्रशिक्षण गर्न सक्ने जानकारी ला लिगा आयोजकले गराएको छ।
रोकिएको ला लिगाका खेलहरु आउँदो जुन १२ देखि सुरु हुने अपेक्षा छ। तर अहिलेसम्म मिती तय भएको छैन।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया