बिएल संवाददाता
स्पेनका शीर्ष दुई लिगका क्लबहरुले सोमबारदेखि सानो समूहमा प्रशिक्षण सुरु गर्न पाउने भएका छन्।
कोरोना भाइरसको महामारीका कारण गएको मार्चदेखि रोकिएको यो सिजनको लिग सुरु गर्ने तयारी स्वरुप प्रशिक्षण थालिएको हो। स्पेनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आउने क्रममा छ।
लकडाउन क्रमिक रुपमा खुकुलो पार्न थालिएको छ। सोही प्रक्रिया अन्तर्गत अहिलेसम्म ला लिगा र दोस्रो डिभिजनका खेलाडीहरुले व्यक्ति प्रशिक्षण गरिरहेका छन्।
सोमबारदेखि क्लबका खेलाडीहरुले सानो समूहमा प्रशिक्षण गर्न पाउने भएका छन्।
सोमबारदेखि लिग सुरु गर्नका लागि निर्धारण गरिएको प्रोटोकल अन्तर्गतको तेस्रो चरण सुरु हुने समाचार संस्था रोयटर्सले जनाएको छ।
क्लबहरुले मे १८ देखि सरकारको निर्देशन अनुसार नै बढीमा १० खेलाडीसम्मको समूह बनाएर प्रशिक्षण गर्न सक्ने जानकारी ला लिगा आयोजकले गराएको छ।
रोकिएको ला लिगाका खेलहरु आउँदो जुन १२ देखि सुरु हुने अपेक्षा छ। तर अहिलेसम्म मिती तय भएको छैन।
‘चार तारा’ र ‘रुख’ नै कांग्रेसको ब्रान्ड
महान जेनजीहरूको ‘सहादत’ पानी बाँडनेहरूको आतंकको लागि थियो?
कालो चस्मा
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया