बिहिबार, २८ अगस्ट २०२५

कन्ट्याक ट्रेसिङमा संलग्न एक चिकित्सकमा काेराेना संक्रमण पुष्टि

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

 कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कन्ट्याक ट्रेसिङमा संलग्न एक चिकित्सकमा पनि संक्रमण देखिएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको हो।

मंगलबार थपिएका २७ संक्रमितमध्ये ललितपुरका एक थिए। उनी तिनै डाक्टर हुन्।

उनी कपिलवस्तुका कोरोना संक्रमितहरुको कन्ट्याक ट्रेसिङ गर्न गएका थिए। त्यही क्रममा संक्रमित भएको हुनसक्ने बताइएको छ।

नेपालमा चिकित्सक संक्रमित भएको यो पहिलोपटक हो। यसअघि कोरोना संक्रमितको उपचारमा संक्रमित नर्सलाई संक्रमण भएको थियो।

मंगलबार, जेठ ०६, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)