शुक्रबार, २२ अगस्ट २०२५

कलंकीमा डेरावाललाई संक्रमण, घरबेटी भन्छन्ः हामीलाई कसैले सोधखोजै गरेन

सेतोपाटी

सेतोपाटी

काठमाडौँ
News Image
• • •

 

समिक्षा अधिकारी

कलंकी डेरा गरी बस्ने एक दम्पत्ति वैशाख २९ गते नवलपरासीबाट काठमाडौं आए। डेरा आएपछि उनीहरूले घरबेटीलाई भने, 'काठमाडौंमा मात्रै अनावश्यक त्रास रहेछ।'

लकडाउनमा काठमाडौं भित्रिन निषेध छ। तर ती दम्पत्ति सरकारी पास लिएर काठमाडौं आएका थिए।

'उनीहरू आफैं सचेत छन्,' सोचर शिक्षण पेसा अपनाउने घरबेटीले त्यति चासो दिएनन्। तर कोरोना त्रासबीच उनको मनमा शंका परिरह्यो। मन विचलित भइरहेपछि केही दिनअघि उनले ती दम्पत्तिलाई गएर परीक्षण गराउन भने।

दम्पत्ति टेकु अस्पताल पुगेर पिसिआर परीक्षण गराए। श्रीमतीको कोरोना पोजेटिभ देखियो। श्रीमानमा देखिएन। 

बिहिबार, जेठ ०८, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)