नयाँ पत्रिका दैनिक
कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि भारत सरकारको चिसो प्रतिक्रियाले भन्दा भारतीय न्युज च्यानलहरूको भद्दा प्रतिक्रियाले नेपाली समाज उद्वेलित भएको छ । अहिलेसम्म भारतकै अल्पसंख्यक, संस्थापनविरोधी, दलित र आदिवासी अनि पाकिस्तान र चीनविरुद्ध भारतीय च्यानलहरूको रोमाञ्चक जेहाद देखेका नेपाली यसपटक त्यो तोप आफैँतिर फर्केपछि स्तब्ध भएका छन् ।
भारतीय च्यानलहरूलाई नेपालीले अलि नजिकबाट चिनेको ०७२ को भूकम्पताका हो । टिआरपीका सट्टेबाज भारतीय रिपोर्टरहरूले त्यो वेला नेपाललाई भूकम्पले भन्दा बढी अत्याए, त्यसैले ‘गो ब्याक इन्डियन मिडिया’ ह्यासट्याग चलाउनुपर्ने अवस्था आयो । पत्रकार महासंघ र प्रेस काउन्सिलका तत्कालीन अध्यक्षले संयुक्त विज्ञप्ति नै निकालेर भारतीय मिडियालाई आचारसंहिता सम्झाउन परेको थियो । अलि समझदार भारतीयहरूले हाम्रो ह्यासट्यागमा टिप्पणी पनि गरे, ‘जुन मिडियालाई तिमी नेपालीहरूले तीन दिन सहन सकेनौ, हामीले दिनका दिन कसरी सहेका छौँ होला ?’
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया