बिएल संवाददाता
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पश्चिम बंगाल पुगेका छन्। चक्रवाती आँधी ‘अम्पुन’ ले पुर्याएको क्षति बुझ्न उनी बंगाल पुगेका हुन्।
उनलाई राज्यका मुख्यमन्त्री ममता बनर्जी र राज्यपाल जगदीप धनखारले स्वागत गरेका छन्। यसपछि प्रधानमन्त्री ओडिशाको पनि भ्रमण गर्ने छन्।
मुख्यमन्त्री बनर्जीले बिहीबार साँझ पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीलाई राज्यको भ्रमण गर्न अपील गरेका थिए। त्यसको केही घण्टापछि प्रधानमन्त्री मोदीले उनको अपील स्वीकार गरेर भ्रमण गर्ने निर्णय गरे।
प्रधानमन्त्री मोदीले दिल्ली छोडेको ८४ दिनपछि यो पहिलो पटक हो।
उनको अन्तिम यात्रा २९ फेब्रुअरीमा उत्तर प्रदेशको प्रयागराज र चित्रकूट थियो। कोरोना भाइरस संक्रमण रोक्न लकडाउन मार्च २५ देखि जारी छ। प्रधानमन्त्रीले त्यसपछि भिडियो कन्फरेन्स मार्फत कार्यक्रममा भाग लिए तर दिल्ली छाडेनन्।
उनीसँग केन्द्रीय मन्त्री धर्मेन्द्र प्रधान, बाबुल सुप्रियो, प्रतापचन्द्र सारंगी र देबश्री चौधरी पनि छन्। यी चार मन्त्रीहरू ओडिशा र पश्चिमक् बंगालका हुन्। उनीहरुले पनि प्रधानमन्त्री मेदीसँग ‘अम्पुन’ प्रभावित क्षेत्रको हवाई निरिक्षण गर्नेछन्।
चक्रवात ‘अम्पुन’ले ओडिशामा धेरै क्षति पुर्याएको छ। यद्यपी बंगालभन्दा यहाँ कम क्षति भएको छ।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया