बिएल संवाददाता
शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र २० थान अवैध भरुवा बन्दुक फेला परेका छन्। त्रिपुरासुन्दरी, ठूलीभेरी नगरपालिका र शे फोक्सुण्डो गाउँपालिकामा फैलिएको निकुञ्ज क्षेत्रभित्रै लुकाइ राखिएको अवस्थामा अवैध हतियार फेला परेको हुन्।
भीर, पहरा, गुफा र खोल्साखाल्सीमा लुकाइएको अवस्थामा बीस थान भरुवा बन्दुक, एक थान नाल र तीन थान घोरलको छाला बेवारिसे रूपमा फालिएको अवस्थामा बरामद गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए।
निकुञ्जले पटकपटक चोरी सिकारीमा प्रयोग हुने भरुवा बन्दुकलगायतका हातहतियार बुझाउन विभिन्न माध्यमबाट सूचना जारी गर्दै आएकाे थियाे। स्थानीयले पक्राउ पर्ने डरले घरदेखि टाढा लगेर बेवारिसे रूपमा बन्दुक फालेको हुन सक्ने अनुमान गरिएको छ।
वैशाख २९ देखि जेठ ७ गतेसम्म निकुञ्ज ले चोरी–सिकारी तथा निकासी रोक्न निकुञ्ज भित्र कर्मचारी, नेपाली सेना, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका पदाधिकारीहरूसहित भएर दश दिनसम्म गस्ती सञ्चालन गरेको थियो।
अप्रेसन चलाएर धमाधम हतियार फेला पर्नुले निकुञ्ज र मध्यवर्ती क्षेत्रभित्र बस्ने बासिन्दा नै चोरी सिकारीमा लाग्ने गरेको देखिएको शे–फोक्सुन्डो प्रमुख संरक्षण अधिकृत पौडेलले बताए।
बेवारिसे फेला परेका भरुवा बन्दुक कसका हुन् भन्ने विषयमा अनुन्धान भइरहेको निकुञ्जले जनाएको छ। ‘यसबारे आवश्यक अनुसन्धान सुरु गरिएको छ,’ उनले भने, ‘अनुसन्धानपछि संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याइनेछ।’
दश दिनको अवधिमा ठूलो परिमाणमा भरुवा बन्दुक र संरक्षित वन्यजन्तुको छाला फेला पार्नु निकुञ्जका लागि ठूलो सफलताको कुरा भएको उनले बताए। बरामद गरिएका भरुवा बन्दुक र छाला निकुञ्ज कार्यालय सुलिगार्डमा राखिएको छ।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया