बिएल संवाददाता
कोभिड–१९ महामारीका कारण अड्केका नेपाली नागरिकलाई स्वदेश फर्काउने शुरूवाति सरकारी प्रक्रिया सुरू गरिएको छ।
बैंककस्थित नेपाली दूतावासले शुक्रबार एक सूचना प्रकाशित गरी स्वदेश फर्कनुपर्ने अवस्थामा रहेका नेपालीलाई आफ्नो विवरण उपलब्ध गराउन अनुरोध गरेको छ।
दूतवासका अनुसार सिङ्गापुर,कम्बोडिया,भियतनाम र लाओसमा रहेका नेपालीहरु स्वदेश पर्किन सक्नेछन्। अनुरोधमा दूतावासले वेभसाइटमा गएर सबै विवरणसहितको फर्म भरेपछि स्वगदेश फर्काउने व्यवस्था मिलाइने जनाएको छ।
यस प्रक्रियामा सामेल हुन चाहानेले हवाई उडान गर्नु अगाडि कोभिड संक्रमण नभएको स्वास्थ्य परीक्षण पीसीआर, आरडीटी वा अन्यको प्रमाणपत्र साथमा पेश गर्नुपर्नेछ। यस्तै स्वदेश फिर्ता भएपछि कुन होटेल वा स्थानिय तहको क्वारेन्टाइनमा बस्ने हो खुलाउनुपर्छ।
त्यस्तै हवाइ उडान,खाजा,क्वारेन्टाइन खर्च आफैँले व्यहोर्नुपर्छ। यस्तै स्वदेश फिर्ता भएपछि १४ दिन बसेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेबंमोजिम स्वास्थ्य परीक्षण भएको ६ दिन होम क्वारेन्टाइनमा बस्नुपर्छ।
यस्तै क्वारेन्टाइनमा बस्दा सरकारले तोकेको मापदण्ड पूरा गर्नुपर्ने दूतवासले जनाएको छ।
यो लिंकमा गएर भर्नुहोस् विवरण
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया