काल बन्दै क्वारेन्टाइन

रातोपाटी

काठमाडौँ

सुजन पन्त

आइतबारको संघीय संसदको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेकपा सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितले लम्बिदो लकडाउनका कारण कोरोनाबाट मृत्यु हुने भन्दा पनि क्वारेन्टाइन बसेर आत्महत्या गर्ने धेरै रहेको बताए । स्थानीय तहमा उचित क्वारेन्टाइन नहुँदा अकालमा त्यहाँ बस्नेहरुले ज्यान गुमाउनुपरको उनको भनाइ थियो । आत्महत्या गरेर होस् या अन्य विविध कारणले, क्वारेन्टाइन बस्नेको मृत्यु हुनेको संख्या बढ्न थालेको छ ।

हाल देशभर १ लाख १० हजार बढी क्वारेन्टाइनमा रहेका छन् । त्यही क्वारेन्टाइनमा बस्नेहरु अहिले विभिन्न व्यवस्थापकीय कमजोरीका जोखिममा परेका छन् । क्वारेन्टाइनमा क्षमता भन्दा बढी बस्नुपर्ने, आवश्यक सेवा सुविधा र औषधिउपचार समेत नहुँदा क्वारेन्टाइनमा बस्नेहरु जोखिममा परेका हुन् । 

विभिन्न स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा बस्नेहरु अधिकांश भारतबाट आएकाहरु हुन् । कोरोनाभाइरसको जोखिम न्यूनीकरणका लागि गत चैत ११ बाट सुरु गरेको लकडाउन किस्ताकिस्तामा थपिँदै आगामी जेठ ३२ सम्म पुगेको छ ।

यहीबीचमा भारतमा विभिन्न स्थानमा आफ्नो रोजगारी गुमाएपछि सीमासम्म हजारौं नेपाली आइपुगे भने सरकारले नेपाल प्रवेश दियो । तिनै नेपाली नागरिक र नेपालभित्रबाटै पनि एक ठाउँबाट अर्को ठाउँमा गएका तथा संक्रमितको सम्पर्कमा रहेकाहरु क्वारेन्टाइनमा बस्दै आएका हुन् ।

प्रकाशित मिति: : 2020-05-31 15:27:06

प्रतिकृया दिनुहोस्