बिएल संवाददाता
इंग्लिस प्रिमियर लिग फुटबल क्लबहरुले अब मैत्रीपूर्ण खेलहरु खेल्न पाउने भएका छन्। कोरोना भाइरसको महामारीको कारण स्थगित लिग सुचारु अघि क्लबलाई मैत्रीपूर्ण खेल खेल्न अनुमति दिएको हो।
प्रिमियर लिग जुन १७ बाट सुचारु हुँदैछ। लिग सुचारु अघि क्लबले आफ्नो मैदान अथवा प्रशिक्षण मैदानमा अन्य क्लबसँग मैत्रीपूर्ण खेल खेल्न पाउने छन्।
लामो समयदेखि खेल नभएकाले अभ्यासका लागि मैत्रीपूर्ण खेलको अनुमति दिइएको हो। टेलिग्राफमा प्रकाशित समाचार अनुसार लिगको तयारीका लागि क्लबहरुले मैत्रीपूर्ण खेलको अनुमति मागेका थिए।
लिग सुचारुको मिति तय भएसँगै क्लबहरुले प्रशिक्षण थालिसकेका छन्।यस सिजन २० क्लबले ९२ खेल खेल्न बाँकी रहेको छ।
यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ। लिभरपुल दुई जितले च्याम्पियन बन्ने छ। यस सिजन लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया