पर्सामा १५ बर्षीय किशोरीमा कोरोना संक्रमण पुष्टि

पर्सामा थप एकजना कोरोना संक्रमित भेटिएका छन्। पर्साको पोखरिया नगरपालिका ६ घर भएकी १५ बर्षकी किशोरीमा कोरोना संक्रमण पुष्टि भएको हो। 

कन्ट्र्याक्ट ट्रेसिङ्गको आधारमा बालिकाको स्वाब संकलन गरि नारायणी अस्पतालमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको अस्पतालका मेसु मदन उपाध्यायले जानकारी दिए।

उनका अनुसार पहिलो पटक परीक्षण गर्दा नेगेटिभ आएको थियो। तर शंक लागेर  जेठ १९ गते पुनः परीक्षण गर्दा बुधबार राति संक्रमण पुष्टि भएको हो।

सो बालिकालाई उनकै बुबाबाट कोरोना सरेको मेसु उपाध्यायले बताए। पोखरिया नगरपालिका वडा नम्बर ६ घर भएका ३९ बर्षका उनका बुबा जेठ ६ गते भारतको दिल्लीबाट आएका थिए। 

उनका बुबालाई पोखरिया नगरपालिकाको जिल्ला उच्चांगल रामदेव प्रसाद कलवार मावीको क्वारेन्टाइनमा राखेर स्वाब संकलन गरि नारायणी अस्पतालमा स्वाब परीक्षण गर्दा जेठ १५ गते संक्रमण पुष्टि भएपछि नारायणी अस्पताल करोना विषेश अस्थायी अस्पताल गण्डकमा राखिएको छ। 

बालिकालाई आज नारायणी अस्पताल विषेश करोना अस्थायी अस्पताल गण्डकमा ल्याउने तयारी भई रहेको मेसु उपाध्यायले बतfए।
 

प्रकाशित मिति: : 2020-06-04 09:20:22

प्रतिकृया दिनुहोस्