कोरोनामुक्त नभएका ६ संक्रमित सेती अस्पतालबाट ‘डिस्चार्ज’ !

सेती प्रादेशिक अस्पतालबाट शुक्रबार बाबुछोरीसहित ६ जना काेराेना भाइरस संक्रमित डिस्चार्ज भएका छन्। 

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार अछामको मेल्लेख गाउँपालिका ३२ बर्षीय पुरुष र ११ बर्षीय बालिका (बाबुछोरी), बैतडीको शिवनाथ गाउँपालिका १ का २० बर्षीय र २७ बर्षीय पुरुष तथा शिवनाथ गाउँपालिका २ का २० र २२ बर्षीय पुरुषलाई डिस्चार्ज भएका हुन्।

उनीहरु कोरोनामुक्त भइसकेका छैनन्। कोरोनालाई नजितेपनि स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार उनीहरुलाई डिस्चार्ज गरिएको श्रेष्ठकाले बताए।

‘लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारित भएको छ,’ उनले भने,‘ हामीले सोही आधारमा उहाँहरुलाई डिस्चार्ज गरेका हौं।’

उनले चिकित्सकको आवश्यक निर्देशन सहित उनीहरुलाइ डिस्चार्ज गरिएको बताए। सेती अस्पतालमा अब २० जना संक्रमित उपचाररत् छन्।
 

प्रकाशित मिति: : 2020-06-05 16:45:36

प्रतिकृया दिनुहोस्