शुक्रबार, २२ अगस्ट २०२५

बजेट खर्च गर्न नसक्ने मन्त्रीहरुले सामूहिक राजीनामा दिनुपर्छ: रामनारायण विडारी

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

राष्ट्रियसभा सदस्य रामनारायण विडारीले बजेट खर्च गर्न नसक्ने मन्त्रीहरुले सामूहिक राजीनामा दिनुपर्ने बताएका छन्। असारमा बजेट पारित भइसकेपनि साउनबाट फटाफाट काम नगर्ने मन्त्रीहरुले राजीनामा दिनुपर्ने बताएका हुन्।

विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकहरुमाथि छलफलमा भाग लिँदै विडारीले साउनबाटै काम सुरु गरी बजेट खर्च गर्न मन्त्रीहरुलाई के ले छेक्यो भन्दै उनले प्रश्न गरे।

उनले भने, ‘चाँडै विकास निर्माणका बजेट ठिक समयमा खर्च होस् भनेर असारमा बजेट पास हुन्छ। अनी साउनबाट फटाफट काम गरे हुने नी। अनि मन्त्रीलाई काम गर्न केले छेक्यो? कुन प्रेत आयो त्याँ कुन भूत आयो त्यो ? अब यति पनि गर्न सकेन भने मन्त्रीहरुले सामूहिक राजनीनामा दिए हुन्छ। अरुथोक केही गर्नुपरेन, बजेट छुट्याएको छ। संसदले पास गरेको छ। अनि त्यसपछि चैत महिनामा अख्तियारी, फागुनमा अख्तियारी। किन तलब खाएर बसेको? मन्त्रीले यो कुरा विचार गरुन।’

विपक्षी दलहरुले समेत बजेट पुगेन भनेर भन्ने तर मन्त्रालयको खर्च १ सय रुपैयाँ राख्नुस् भनेर भन्ने प्रवृत्तिले विकास हुन नसकेको बताए।

उनले भने, ‘विपक्षी झन त्यस्तै। पैसा यहाँ नी बढाउन, यहाँ नी पुगेन त्या नी पुगेन भन्छ। अनि बजेट चाँही १ सय रुपैयाँ मात्रै राखियोस् यो मन्त्रालयमा भन्छ। विपक्षी यस्तै सत्ता उस्तै। अनि देश कसरी विकास हुन्छ?’

अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभामा दैनिक खर्च धान्न गाह्रो भएको भन्दै दिएको अभिव्यक्तिको उनले आलोचना गरे।

उनले भने, ‘म १५, १६ वर्षको थिए। १६ हजार ऋण छ नेपालीको टाउकोमा भनेर भाषण गर्थे। त्यो ऋण त अहिले पनि बाँकी नै छ रे, ३४ हजार पुग्यो रे। कस्तो सरकार चलाएछन्? कस्तो ऋण तिरेछन्? अब त ४० अर्ब खर्च रे १५ अर्ब आम्दानी रे। अनि तलब पनि विदेशीसँग मागेर खाने रे। अनि हामी परलम्बी हुँदैनौ भनेर धाक लगाउनेः’

सरकारले सरकार ढल्ने डरले सांसदहरुलाई विभिन्न नाममा पैसा बाँडेको उनले बताए।

उनले भने, ‘सांसदहरुले विरोध गरे सरकार ढाल्छ रे भनेर कहिले ६ करोड डाइरेक्ट, कहिले घुमाएर ४ करोड, अनि बाटोघाटो भनेर १०, ८ करोड हाल्दिने काम मन्त्रीले ग¥यो। यसबाट देश विकास हुँदैन। त्यसैले बजेट मार्न र बजेट पार्न हुँदैन।’
 

मंगलबार, असार ०२, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)