शुक्रबार, १९ सेप्टेम्बर २०२५

रविना भन्छिन्– बलिउडमा ‘क्याम्पबाजी’ हावी छ

News Image
• • •

नायक सुशान्तसिंह राजपुतको निधनपछि बलिउडमा परिवारवाद र ग्रुपिज्मको मुद्दा फेरि चर्किएको छ। बलिउडमा करणले सबैभन्दा धेरै परिवारवाद चलाएको आरोप दर्शकको छ।

यो बिषयमा बलिउड नायिका रविना टन्डनले पनि आफ्नो भनाई सार्वजनिक गरेकी छिन्। उनले, बलिउडमा क्याम्पको खेल खुबै हुने गरेको र आफू पनि परिवारवादको शिकार भएको बताएकी छिन्।
 
रविनाले लेखेकी छिन्–‘बलिउडमा गर्ल ग्याङ छ। क्याम्प पनि छ। मानिसहरुको मजाक उडाइन्छ। यहाँ, नायक, उसको प्रेमिका, पत्रकार र नजिकका मानिसहरुको झुटो खबरका कारण मलाई चलचित्रबाट निकालिएको थियो। कैयौ पटक करिअर वर्वाद हुन्छ। तपाइलाई यहाँ टिक्नका लागि संघर्ष गर्न जरुरी छ। कोही यहाँ टिक्न सक्छन् त कतिपयले सक्दैनन्।’

रविनाले साँचो कुरा गर्दा बलिउडमा झुटो, पागल, साइको घोषणा गर्ने र छिटोछिटो पत्रकारहरूले करिअर वर्वाद गर्न ठूलाे ठूलाे अक्षरमा लेख्ने गरेकाे बताइन्। 

 यद्यपि उनी बलिउड उद्योगले दिएको कुराको लागि सदैव आभारी रहेकाे बताएकी छिन्। तर बलिउड भित्रकाे फोहोर राजनीतिले दिमागलाई खिन्न तुल्याउने बताउछिन्।
 

बुधबार, असार ०३, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!