
सन्ताेष बराइली
धनुषाको ढल्केवरले खानेपानीको चरम अभाब झेल्यो बिगतमा । तर अहिले युवाहरुको अगुवाईमा खानेपानी समिती गठन भएपछि खानेपानीको कुनै समस्या छैन ।
युवा रामविरोध महतोले नेतृत्व गरेको खानेपानी अहिले युवा अगुवा आनन्द श्रेष्ठले गरेका छन् । १२ सय बढि घरधुरी खानेपानीबाट लाभान्वित छन् ।
यो त भयो पुरानो कुरा । अहिले सुविधासम्पन्न कभर्ड हल निर्माण गरेर ढल्केवरका युवाले अर्को उदहारणीय काम गरेर देखाई दिएका
छन् ।
ढल्केवरस्थित बसही खोलाको छेउमा कभर्ड हल निर्माण गरिएको हो ।
खेलका लागि अभ्यास गर्ने, खेलकुदको विकास गर्ने, युवाहरुलाई खेलकदुप्रति आकर्षित गर्न मिथिलना नगरपालिकाको लगानीमा र युवाहरुको निर्माण उपभोक्ता समितिले एकदमै कम लगानीमा कभर्ड हल निर्माण गरेको हो ।
मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले नगरमा फुटबल, क्रिकेट खेलको लागि मैदान भएपनि कबड्डी, व्याडमिन्टन, कुस्ती लगायत विभिन्न खेलकुदको अभ्यासका लागि अब समस्या नहुने बताए ।
चालु आर्थिक वर्षमा सो कभर्ड हल बनाउन नगरपालिकाले १ करोड २५ लाख रुपैयाँ खर्चेको छ ।
खेलकुदका लागि आफ्नै कभर्ड बनेपछि नगरका खेलाडी र खेलप्रेमीहरुको लागि नगरपालिकाले यो ठूलो उपहार दिएजस्तै भएको हिमालय युवा क्लवका अध्यक्ष अरुण कुमार महतोले बताए ।
कभर्ड हल निर्माण भएपछि आफुहरुको लागि मात्रै नभई समग्र प्रदेशकै लागि ठूलो गौरवको विषय भएको मिथिला ब्याडमिन्टन क्लव ढल्केवरका अध्यक्ष तेजनारायण साह (सन्तोष) ले बताए ।
नगरपालिकाको आर्थिक सहयोगमा र मिथिला ब्याडमिन्टन क्लवको उपभोक्ता समिति मार्फत करिव दुई वर्ष लगाएर सो कभर्ड हल निर्माण गरिएको र अन्तिम चरणका पलास्टर तथा रङ्ग रोगन अबको अगामी बजेटबाट गर्ने लक्ष्य रहेको अध्यक्ष साहले जानकारी दिए ।
सबै वडाहरुमा गठन हुने उपभोक्ता समितीमा पनि युवाहरुले सहभागिता जनाउनु पर्ने सुझाव दिदै नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादव भन्छन् , अब युवाहरुले राजनीतिमा पनि हस्तक्षेप गर्नु पर्ने बेला आएको छ ।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
प्रतिक्रिया