बिहिबार, २८ अगस्ट २०२५

काेराेनाका कारण विश्व व्यापारमा करिब १९ प्रतिशत गिरावट

News Image
• • •

कोरोना भाइरस महामारीका कारण विश्वको व्यापारमा दोस्रो चौमासिकमा ठूलो गिरावट आएको विश्व व्यापार संगठनले जनाएको छ । 

संगठनका अनुसार सन् २०२० को दोस्रो चौमासिक अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १८.५ प्रतिशतले कमी आएको छ । 

संगठनद्वारा जारी वक्तव्यमा दोस्रो चौमासिक अवधिको प्रारम्भिक अनुमान अनुसार कोरोनाभाइरसको प्रसार र त्यसलाई रोक्न अपनाइएका लकडाउन समेतका प्रतिबन्धहरुले विश्व व्यापारमा व्यापक असर पारेको उल्लेख छ। 

मंगलबार, असार ०९, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)