भारतमा सन् २०२३ को अप्रिलदेखि निजी रेल सञ्चालन हुने

बिएल संवाददाता

 नयाँ दिल्ली

भारतमा निजी रेलगाडीको सञ्चालन हुने भएको छ । रेलवे बोर्डका अध्यक्षले बिहीवार यस्तो बताएका हुन् । बोर्डका अध्यक्ष भि के यादवले बताएअनुसार सन् २०२३ को अप्रिलदेखि निजी रेल सेवा सञ्चालनमा आउन सक्नेछ । 

रेलगाडीमा प्रयोग हुने सबै डब्बाको खरीद ‘मेक इन्डिया’ नीति अन्तर्गत गरिनेछ । निजी क्षेत्रको रेलगाडीको यात्राको भाडााको प्रतिस्पर्धा सोही रुटमा चल्ने बस सेवा र हवाई सेवासँग प्रतिस्पर्धा हुने बताइएको छ । 

सेवाका लागि प्रयोगमा आउने रेल निजी सञ्चालकहरुले किन्ने र सोको व्यवस्थापन पनि उनीहरुले नै गर्ने यादवले बताएका छन् । यात्रुबाहक रेल सञ्चालमा तोकिएको मापदण्ड पूरा गर्न नसके सञ्चालकहरुलाई दण्डित गरिने उनको भनाइ छ । 

कम्पनीहरुले संरचना सुविधा, विबुली, स्टेशन र रेलमार्ग आदिको उपयोग शुल्क समेत तिर्नु पर्नेछ । यात्रुबाहक रेल सेवामा कुल सञ्चालनको ५ प्रतिशतमा मात्रै निजी सहभागिता रहनेछ ।

 यद्यपि, निजी क्षेत्रको सहभागिताले रेलवे क्षेत्रको प्रविधि र गतिमा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ । बुधवार मात्रै रेलवे बोर्डलेनिजी कम्पनीहरुसँग १०९ जोडी रुटमा सहभागिताको लागि बोलपत्र आह्वान गरेको थियो । 

पछिल्लो कदमले सेवा सञ्चालनमा लामो समयदेखि बोर्डको एकाधिकार तोड्नेछ । यस परियोजनामा निजी क्षेत्रबाट करीब ३ अर्ब रुपया लगानी हुने अपेक्षा गरिएको छ । एजेन्सी

प्रकाशित मिति: : 2020-07-02 21:45:37

प्रतिकृया दिनुहोस्