कञ्चनपुरमा ट्याङ्करको ठक्करबाट एकको मृत्यु, दुई ट्याङ्करमा आगजनी

कञ्चनपुरमा खानेपानी ढुवानी गर्ने ट्याङ्करको ठक्करबाट शुक्रबार एकजनाको मृत्यु भएको छ।

पुनर्वास नगरपालिका १ स्थित कालिका स्वास्थ्यचौकी नजिकै ट्याङ्करले ठक्कर दिँदा ३८ वर्षीय लोकेन्द्र सिंह ठकुरीको मृत्यु भएको हाे।

ट्याङ्करले मोटरसाइकलमा सवार व्यक्तिलाई ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए।

घटनापछि आक्रोशित स्थानीयवासीले पानी ढुवानी गर्ने दुईवटा ट्याङ्करमा आगजनीसमेत गरेका छन्।

प्रकाशित मिति: : 2020-07-03 12:50:19

प्रतिकृया दिनुहोस्