
बिएल संवाददाता
‘लिजेन्ड’ ज्याभीले थप एक वर्ष कतारी क्लब अल–सादलाई प्रशिक्षण गर्ने भएका छन्।
जाभीले आइतबार क्लबसँग थप एक सिजन क्लबमा रहने गरी नयाँ सम्झौता गरेका छन्।
सम्झौतासँगै जाभी २०२१ सम्म अल–सादमा रहने छन्।
पछिल्लो समय बार्सिलोनाका प्रशिक्षक बन्ने चर्चा चलिरहेको बेला जाभीले क्लबसँग नयाँ सम्झौता गरेका हुन्।
केही दिन अगाडि ज्याभीले आफू र आफ्नो स्टाफले बार्सिलोनाको प्रशिक्षण गर्नका लागि अत्यधिक तयारी गरिरहेको खुलासा गरेका थिए।
१७ वर्ष बार्सिलोनामा बिताएका ज्याभीलाई यसअघि अर्नेस्टो भालभेर्डेलाई बर्खास्त गरेपछि रिक्त प्रशिक्षक पदको प्रबल दाबेदार मानिएको थियो। तर, क्वीके सेटिनलाई गत जनवरीमा क्लबले नयाँ प्रशिक्षक नियुक्त गरेको थियो।
जाभीले सन् १९९८ देखि २०१५ सम्म बार्सिलोनाका लागि ७५० खेल खेलेका थिए।
बार्सिलाेनामा रहँदा २५ वटा उपाधि जितएका ज्याभीले अल–सादलाई कतारी सुपरकप र कतार कपको उपाधि दिलाए छन्।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
प्रतिक्रिया