कर्णालीमा पाँच महिने बालिकासहित १८ जनामा कोरोना संक्रमण

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा पाँच महिने बालिकासहित १८ जना कोरोना भाइरसका संक्रमण देखिएकाे छ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र भेरी अस्पताल नेपालगञ्ज बाँकेको प्रयोगशालामा भएको परीक्षणबाट १८ जनामा कोरोना पुष्टि भएको हो।

थपिएका संक्रमितमध्ये सुर्खेका एक बालिकासहित १४ जना, जाजरकोटका तीनजना र जुम्लाका एकजना रहेका छन्। यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १५१६ पुगेको छ।

यस्तै, कर्णालीमा सोमबार थप १६ जना कोरोना संक्रमित डिस्चार्ज भएकाे सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए। यससँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १२४७ पुगेको छ।

कर्णालीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। २६३ जना आइसोलेसनमा रहेका छन्।
 

प्रकाशित मिति: : 2020-07-06 19:02:53

प्रतिकृया दिनुहोस्