
बिएल संवाददाता
पाकिस्तानमा तय भएकाे एसिया कप टि–२० क्रिकेट प्रतियोगिता २०२० रद्द हुने भएको छ।
स्पोर्ट्स टक कार्यक्रममा बुधबार बोल्दै भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) का अध्यक्ष सौरभ गांगुलीले एसिया कप टि-२० क्रिकेट रद्द हुने बताएका हुन्।
एसिया कप २०२० आगमी सेप्टेम्बरमा पाकिस्तानमा खेल्ने कार्यतालिका थियो। एसिया कप टि-२० प्रतियोगितामा भारत, पाकिस्ता, श्रीलंका, बंगलादेश, अफगानिस्तान र एक छनोट भएर आउने टोलीबीच प्रतिस्पर्धा हुने तय थियो।
नेपाल भने एसिया कप यात्राको पहिलो चरणबाटै बाहिरिसकेको थियो।
गत फागुनमा थाईल्यान्डमा भएको एसिसी इस्टर्न रिजन टि-२० क्रिकेट प्रतियोगितामा खराब प्रर्दशन गर्दै चौथो स्थानमा रहेर नेपाल बाहिरिएको थियो।
गांगुलीले बिहीबार बस्ने एसियन क्रिकेट काउन्सिल (एसिसी)को बैठकले याे कुरा सार्वजनिक गर्ने बताएका छन्। गांगुलीले प्रतियोगिता रद्द हुने बताएपनि एसियन क्रिकेट काउन्सिल (एसीसी) ले केहि बताएको छैन।
कोरोनाको महामारी कायम रहेपछि प्रतियोगिता अन्योलमा रहेको छ। यस्तै पाकिस्तानमा आयोजना भए भारतले नखेल्ने बताएको छ।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया