महानायक राजेश हमालले कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफी दिन आग्रह गरेका छन्।
मंगलबार मध्यरातमा सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सार्वजनिक गर्दै हमालले मानवताका लागि उनलाई माफी दिन आग्रह गरेका हुन्।
‘मेरो अनुरोध छ, यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफी दिनुहोला,’ उनले भनेका छन्।
हमालले आफू संलग्न भएको कला क्षेत्र विभिन्न वादविवादमा फसेको भन्दै दु:ख पनि व्यक्त गरे। तर आफ्नो क्षमता पस्किन सधै प्रेरित गर्दै कलाकारहरुलाई अगाडि बढ्ने सहज वातावरण प्रदान गरिदिन सबै दर्शकहरुकाे आग्रह समेत गरेका छन्।
उनले भने,‘मलाई लक्षित गरेर कसैले आफ्नो भनाई राख्नुभयो। भनाई सुनिसकेपछि ठाडो प्रतिक्रियाहरु आएका छन्। तर यहाँहरुबाट कलाकारहरुलाई अगाडि बढ्ने सहज वातावरण प्रदान गरिरहनुहुनेछ भन्ने आशा राख्दछु। हामी कलाकारहरुलाई प्रेरित गर्दै गर्नुहोला।’
हमालले व्यक्तिगत हिसाबले आफू सहिष्णुता भएको र जनताको मायाले नै उचाइमा पुर्याएकाे भन्दै सार्वजनिक स्थलमा अभिव्यक्ति राख्दा अरुलाई चाेट पुर्याउने खालका कार्य गर्नु सहि नभएकाे समेत बताए।
‘दर्शकहरुलाई म हृदयदेखि नै अनुरोध गर्न चाहन्छु, कि अली फराकिलो भएर वृहत्त चित्रलाई मनन गरेर सकारात्मक हिसाबबाट मानवताको लागि कसैको मानवताको आँच नपुग्ने गरि अभिव्यक्ति प्रकट गरौं,’ उनले भने,‘हामीले हेर्यौ भने के एउटा व्यक्तिले पेशागत हिसाबले होस् या कुनै विशेष रुचीले लक्षित भएर किन नहोस्, कुनै अभिव्यक्ति राख्नुहुन्छ भने एक्कासी झट्ट प्रतिक्रिया दिँदा सम्बन्धित व्यक्तिको मानवतामा आँच आउने, आघात पुग्ने र चोट लाग्ने कार्य गर्नु सहि होला र?’
हमालले कला क्षेत्रमा पछाडिबाट उर्जा दर्शकले नै दिएकाे बताउँदै आफूहरु मेहनती भएकाे प्रष्टाए। ‘यो कला क्षेत्र दर्शकको पनि हो। उहाँहरुले दिने सल्लाह, सुझाव अनुसार हामी मैदानमा उत्रन्छौं, हामी मिहिनेत गर्छौं। यही कारणले हामीलाई उर्जा प्राप्त हुन्छ।’
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया