ब्राजिली राष्ट्रपति बोल्सोनारोकाे दोस्रो काेराेना परीक्षणकाे रिपाेर्ट पनि पाेजेटिभ

एजेन्सी

रियाे दि जेनेरियाे

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोमा पुनः कोरोना भाइरसको संक्रमण देखिएकाे छ।

हप्ता दिनअघि बोल्सोनारोलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। 

बुधबार आफ्नाे पछिल्लाे स्वास्थ्य अवस्थाबारे पत्रकारहरुलाई जानकारी दिँदै उनले दोस्रो पटक गरिएकाे परीक्षणमा पनि आफूमा संक्रमण देखिएको बताए। उनले अबको केही दिनमा फेरि परीक्षण हुने बताएका छन्। 

कोरोना भाइरसको महामारीका कारण विश्वमा सबैभन्दा बढी प्रभावित हुने देशको सूचिमा ब्राजिल दोस्रो स्थानमा छ। दक्षिण अमेरिकी देश ब्राजिलमा संक्रमितको संख्या १९ लाख ६६ हजार भन्दा बढी पुगेको छ। त्यसमध्ये ७५ हजार तीन सय भन्दा धेरैको ज्यान गएको छ।

विश्वभर एकै दिन २ लाख ३४ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ। योसँगै संक्रमित हुनेको संख्या १ करोड ३६ लाख ९० हजार नाघेको छ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७५४ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ५ लाख ८६ हजार ७७६ पुगेको छ।

एकै दिन १ लाख ८४ हजारभन्दा बढी कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन्। ८० लाख ३६ हजार ६०२ संक्रमितमध्ये १ लाख ८४ हजार १४१ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन्।

प्रकाशित मिति: : 2020-07-16 08:32:01

प्रतिकृया दिनुहोस्