शाओमीको मी राउटर ४ सी बजारमा, मूल्य २ हजार ३ सय ९९

शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज नेपालमा मी राउटर ४सी सार्वजनिक गरेको छ। 

यो नेपालमा पहिलो स्मार्ट राउटर हो जुन उपयोग, गति र दायराको सजिलोका लागि अनुकूल छ र स्मार्टफोनमा भएको स्मार्ट मी वाई-फाई एपबाट पहुँच गर्न सकिन्छ।

प्रत्येक घरको सेटिंगमा मिल्ने आधुनिक डिजाइनको विशेषता भएको मी राउटर ४सी तपाईंको लागि उचित होम नेटवर्क कनेक्सन हो। यो विशाल घरको सबैतिर मजबुत र स्थिर सिग्नल प्रवाह गर्न ४ उच्च-लाभ बाह्य एन्टेनाले सुसज्जित छ। यसको साथै, ८०२.११एन वाई-फाई टेक्नोलोजीद्वारा सक्षम मी राउटर ४सी अधिकतम ३००एमबीपीएस को नेटवर्क गतिसम्म पुग्न सक्दछ।

यसमा भएको डुअल कोर सीपीयू र ६४एमबी ठुलो ¥यामले ३२ वटा डिभाइससम्म छिटो र स्थिर कनेक्सन सुनिश्चित गर्दछ। मी वाई-फाई एपमार्फत, प्रयोगकर्ताले सजिलै यो उपकरण सेटअप गर्न सक्दछन् र प्यारेन्टल कन्ट्रोल र गेस्ट नेटवर्क सेटिंग जस्ता स्मार्ट फंग्क्शन एरेमा पहुँच गर्न सक्दछन्।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘हामी नेपालमा गैर-स्मार्टफोन उत्पादनहरु भित्र्याउन र यसै प्रकृयामा सबैलाई नवीनतम प्रविधि ल्याउँन प्रतिबद्ध छौं। देशमा द्रुर्त वृद्धि भइरहेको इन्टरनेट जनसंख्याका साथ हामीले वर्तमान राउटर बजारमा केहि कमी देख्यौं। आकर्षक विशेषता र गेम परिवर्तन गर्ने मूल्यका साथ मी राउटर ४सी ले नेपालको राउटर बजारमा परिवर्तन ल्याउने छ।’

मी राउटर ४सी रु २ हजार ३ सय ९९ मूल्यमा आजदेखि सबै मी प्रिफर्ड् पार्टनरहरु, मी अफलाइन स्टोर, रिटेल पार्टनर र अनलाइन पार्टनर सस्तोडिलमा खरिदका लागि उपलब्ध हुनेछ।

प्रकाशित मिति: : 2020-07-19 14:29:51

प्रतिकृया दिनुहोस्