शुक्रबार, १९ सेप्टेम्बर २०२५

‘बल्ल बल्ल भेट भो’ मा निरञ्जलीसँग दयाको रोमान्स

News Image
• • •

दिपा लामा र तेम्बा शेर्पाको आवाजमा समावेश ‘बल्ल बल्ल भेट भो’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । दिपक शर्माको यो गीतमा शब्द तथा संगीत छ । भिडियोमा नायक दयाहाङ राईको साथमा मोडल निरञ्जली लामा, क्षितिज सुवेदीको अभिनय छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा सुदिप बरालको छायांकन छ । ध्रुवराज पराजुलीको सम्पादन रहेको यो भिडियोमा मिलन चाम्सको निर्देशन छ ।

यो भिडियोमा नायक दयाहाङ राइलाई फरक गेटअपमा प्रस्तुत गरिएको छ । नृत्य गर्नका लागि निकै नै सकस मान्ने दयाले यो गीतमा निराञ्जलीसँग खुलेरै नृत्य गरेका छन् । भिडियोमा दया र निराञ्जलाको रोमान्स, दयाको चुलबुले बानीलाई प्रस्तुत गरिएको छ ।

आइतबार, श्रावण १८, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!