दुई वर्षपछि इंग्ल्याण्डद्धारा पाकिस्तान पराजित

म्यानचेस्टरको ओल्ड ट्राफोड मैदानमा भएको पहिलो टेस्टमा पाकिस्तान तीन विकेटले इंग्ल्याण्डसँग पराजित भएको छ। 

इंग्ल्याण्डका लागि दोस्रो इनिङमा क्रिस वोक्सले ८४ र जोस बटलरले ७५ रन बनाएका थिए। उनीहरूले छैटौं विकेटका लागि १ सय ३९ रनको साझेदारी गरे। पाकिस्तानको तर्फबाट दोस्रो इनिङमा लेग स्पिनर यासिर शाहले सर्वाधिक ४ विकेट लिए। उनले पहिलो इनिङमा पनि ४ विकेट लिएका थिए। 

ओल्ड ट्राफोड मैदानमा पाकिस्तान दोस्रो इनिङमा १ सय ६९ रनमा खुम्चिएको थियो। पाकिस्तानले जितका लागि इंग्ल्याण्डलाई २ सय ७७ रनको लक्ष्य दिएको थियो। इंग्ल्याण्डले दुई वर्षपछि पाकिस्तानलाई टेस्टमा हराएको हो। यसअघि सन् २०१८ को मे महिनामा लर्डसमा इंग्ल्याण्ड ९ विकेटले विजयी भएको थियो। 

पाकिस्तानले टस जितेर पहिलो इनिङमा ३ सय २६ रन बनाएको थियो, जहाँ इंग्ल्याण्ड २ सय १९ रनमा आउट भयो। दोस्रो इनिङमा खासै राम्रो ब्याटिङ गर्न नसकेको पाकिस्तान १ सय ६९ रनमा खुम्चियो। जसलाई इंग्ल्याण्डले ७ विकेटको नोक्सानीमा पुरा गर्यो। इंग्ल्याण्डको एक समय १ सय १७ रनमा ५ विकेट झरिसकेको थियो। तर, छैटौं विकेटका लागि वोक्स र बटलरले सय रनको साझेदारी गर्दै घरेलु टोलीलाई जित दिलाए। दुबै इनिङमा ४ विकेट लिने तथा १ सय ३ रन बनाउने (१९, ८४) वोक्सलाई म्यान अफ दि म्याच घोषित गरिएको थियो।

पाकिस्तान ३ टेस्टको शृंखला खेल्न इंग्ल्याण्ड आएको छ।

प्रकाशित मिति: : 2020-08-09 07:35:48

प्रतिकृया दिनुहोस्