शाहरुखले बनाए कार्यालयलाई आइसियु अस्पताल

एजेन्सी

मुम्बई

बलिउड अभिनेता शाहरुख खानले कोरोना महामारीका बिरामीहरुलाई उपचार गराउन मुम्बई खारस्थित आफ्नो कार्यालयलाई आइसीयुमा परिणत गरेका छन् । यसअघि उनले यो कार्यालयलाई मुम्बई महानगर पालिकाले क्वारेन्टाईनको रुपमा संचालन गर्दै आइरहेको थियो।

‘अब हामीले यसलाई कोरोनाका कारण जोखिममा परेका बिरामीहरुको उपचार गर्न अस्पातलका रुपमा प्रयोग गर्ने छौं,’ शाहरुख खानले भनेका छन्।

यो आइसीयु कक्ष निर्माण शाहरुख खानको मिर फाउण्डेसन र हिन्दूजा हस्पिटलले मिलेर गरेका हुन् ।

यो आइसीयुमा उच्च जोखिममा रहेका र गम्भीर बिरामीहरुका लागि भेन्टिलेटर, अक्सीजन, हाइ फ्लोनजल अक्सीजन मेशिन र केही अक्सीजन ट्यांकहरु राखिएको छ।

शाहरुख खानका अनुसार  यसको सबै सर्भिस मुम्बई महानगरपालिका र हिन्दूजा अस्पातलले संयुक्त रुपमा गर्नेछन्।  यसअघि नायक खानले २५०० पीपीई किट उपलब्ध गराएका थिए। उनले कोरोनाका कारण जोखिममा परेका मजदुरहरुलाई बिभिन्न रुपले सहयोग गर्दै आएका छन्।

प्रकाशित मिति: : 2020-08-11 22:22:54

प्रतिकृया दिनुहोस्