काठमाडौं
भारतीय क्रिकेट टोलीका सर्वाधिक सफल पूर्व कप्तान तथा विकेटकिपर महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्।
उनले शनिबार साँझ इन्स्टाग्राममा चार मिनेट लामो भिडियो सन्देश पोष्ट गर्दै सन्यासको घोषणा गरेका हुन्। धोनीले टेष्टबाट सन् २०१४ मै सन्न्यास लिएका थिए।
उनले लेखेका छन्, ‘अहिलेसम्मको माया र समर्थनका लागि धन्यवाद। ७:२९ बजेपछि मलाई रिटायर्ड खेलाडीका रुपमा लिनुहोला।’
तर उनले कुन फर्म्याटबाट सन्यास लिएको हो भन्ने कुरा भने खुलाएका छैनन्। यद्यपी भारतीय सञ्चारमाध्यमहरुले भने धोनीले सबै फर्म्याटको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको जनाएका छन्।
उनले सिमित ओभरको कप्तानी सन् २०१७ मा छोडेका थिए। शनिबार उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गर्दै घरेलु क्रिकेटमा भने केहि समय खेल्ने घोषणा गरेका हुन्।
विगत १३ महिनायता भारतीय टोली बाहिर रहेका धोनीले पछिल्लो पटक गत वर्ष इंग्ल्यान्डमा भएको एक दिवसीय विश्वकप सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध खेलेका थिए। उक्त खेलमा ५० रनमा रन आउट भएसँगै धोनी भारतीय टोलीमा थिएनन्।
धोनीले सन् २००४ मा बंगलादेशविरुद्ध ओडिआईमा डेब्यू गरेका थिए। धोनीले सन् २००५ मा श्रीलंका विरुद्ध टेष्ट र २००६ मा दक्षिण अफ्रिकाविरुद्ध टी २० आईमा डेब्यू गरेका थिए।
९० टेष्टमा ६ शतक र ३३ अर्ध शतक सहित ४ हजार ८ सय ७६ रन बनाएका धोनीले ३ सय ५० ओडिआई खेलेका छन्। २ सय ९७ इनिङमा ब्याटिङ गर्दै १० शतक र ७३ अर्ध शतकसहित १० हजार ७ सय ७३ रन बनाएका उनले ९८ टी २० आईमा १ हजार ६ सय १७ रन बनाएका छन्।
धोनीले आफ्नो कप्तानीमा भारतीय क्रिकेटलाई नयाँ उचाईमा पुर्याउँदै विश्वकै एक उत्कृष्ट र लोकप्रिय टोली बनाउन सफल भए । विश्व च्याम्पियन धोनी विश्वकै एक उदाहरणीय कप्तान, फिनिसर र विकेटकिपर हुन्।
धोनी आइसिसीको एक दिवसिय विश्वकप, टी२० विश्वकप र च्याम्पियन्स ट्रफीको उपाधि जित्ने एक्लो कप्तानसमेत हुन् ।
विश्वकै एक सफल कप्तान र उत्कृष्ट विकेटकिपर रहेका धोनी यस वर्ष अष्ट्रेलियामा हुने टी२० विश्वकप खेल्न चाहान्थे । तर अक्टोबर-नोभेम्बरमा हुने तए भएको विश्वकप कोरोना महामारीको कारण एक वर्ष पछि सरेपछि धोनीले सन्न्यास लिने निर्णयमा पुगेका हुन्।
यद्यपी धोनी सेप्टेम्बर १९ देखि युएईमा हुने १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सको नेतृत्व गर्नेछन्। धोनीले आफ्नो कप्तानीमा चेन्नईलाई तीन पटक आइपिएलको उपाधि दिलाएका थिए ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया