बिएल संवाददाता
भारतीय क्रिकेटर सुरेश रैनाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्। पूर्व कप्तान महेन्द्र सिंह धोनीले सन्यास घोषणा गरेको केही समयपछि नै रैनाले अन्तर्राष्ट्रिय क्रिकेटबाट आफूले पनि धोनीकै बाटो अंगाल्ने बताएका हुन्।
सामाजिक संजाल इन्स्टाग्राममा एक पोस्ट गर्दै रैनाले सन्यास घोषणा गरेका हुन् । ३३ वर्षीय ब्याट्सम्यान रैनाले सन् २००५ मा भारतीय टिममा डेब्यु गरेका थिए ।

रैनाले भारतका लागि १९ टेस्ट, २ सय २६ एकदिवसीय र ७८ टी-ट्वान्टी खेलेका छन् । भारतका लागि टेस्टमा रैनाले ७ सय ६८ रन बनाउँदा एकदिवसीयमा ५ हजार ६१५ र टी-ट्वान्टीमा १६ सय ५ रन बनाएका थिए।
अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए पनि रैनाले आइपिएल क्रिकेट भने खेल्ने छन्। इन्डियन प्रिमियर लिग (आईपीएल) मा रैनाले धोनीकै टिम चेन्नई सुपर किङ्सबाट खेल्ने गर्छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया