बिहिबार, २८ अगस्ट २०२५

भारतीय शास्त्रीय गायक पण्डित जसराजको दाहसंस्कार

News Image
• • •

भारतीय शास्त्रीय गायक पण्डित जसराजको दाहसंस्कार गरिएको छ ।

संयुक्तराज्य अमेरिकाको न्यूजर्सीस्थित हाइल्यान्ड पार्क फ्युनेरल होममा ठूलो जनसमूहको उपस्थितिबीच सोमबार उनकाे दाहसंस्कार गरिएको हाे।

भारतीय शास्त्रीय गायक जसराजको न्यूजर्सीस्थित आफ्नै निवासमा मुटुमा समस्या आएर निधन भएको थियो । 

उनी विगत छ महिनादेखि न्यूजर्सीको निजी गृहमा रहँदै आएका थिए । 

सन् १९३० मा भारतको हरयाणामा जन्मिएका जसराजले ८ दशक संगीत क्षेत्रमा बिताए। उनले स्टेजमा प्रस्तुत गरेका गीतहरुलाई पछि एल्बममा समेत रुपान्तरण गरिएको थियो।

अमेरिकाका साथै अन्य देशहरुमा समेत संगीतको प्रशिक्षण दिएका जसराजलाई सन् १९७५मा पद्म श्रीबाट सम्मानित गरिएको थियो। यस्तै सन् १९९९ मा पद्म भूषणबाट सम्मानित उनलाई सन् २००० मा पद्म विभूषणबाट सम्मानित गरिएको थियो।

मंगलबार, भाद्र ०२, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)