होटललाई ‘पे­आइशोलेशन’ बनाउने तयारी

कोभिड–१९ को जोखिम बढ्दै जाँदा आइसोलेशन वार्डको अभाव हुनसक्ने भन्दै महानगरपालिकाले पोखराका केही होटललाई ‘पे­आइशोलेशन’को रुपमा प्रयोग गर्ने तयारी गरेको छ। 

महानगर प्रमुख मानबहादुर जिसीले लक्षणबिना सङ्क्रमण देखिएका र अस्पताल लानु पर्ने अवस्था नभएका सङ्क्रमितहरु, जो पैसा तिरेर होटलमा बस्न चाहन्छन् भने तिनीहरुका लागि ‘पे­आइशोलेशन’का लागि होटलहरुको प्रयोग गर्न सकिने बताएका छन्।
 
उनका अनुसार अहिले कृषि तालिम केन्द्रलाई ४० शै्याको आइशोलेशन वार्डको रुपमा विकसित गरिएको र अब छिट्टै होटलहरुलाई पनि ‘पे आइशोलेशन’को रुपमा प्रयोग गर्न सम्बन्धित होटलवालासँग छलफल भइरहेको छ। 

उनले हाल महानगरको सहकार्यमा ‘पे क्वारेन्टिन’ मात्र सञ्चालन गरिएको करिब चारसय जनाले यसको सुविधा लिएको जानकारी दिए ‘पे क्वारेन्टिन’मा बस्नेहरुका लागि एक दिनको एक हजारदेखि दुई हजार रुपैयाँसम्म मूल्य तोकिएको प्रमुख जिसीले बताए। 

पोखरा महानगरले कुषि तालिम केन्द्र, मालेपाटन, पदम नसिङ्ग होम, लेकसिटी ब्लक बि र ¥यालेचौर बेसी क्वारेन्टिन गरी अहिलेसम्म २२३ शै्याको चारवटा क्वारेन्टिन सञ्चालनमा गरेको छ। ती क्वारेन्टिनमा बस्न सकिने एक हजार २२७ जना जनामध्ये हाल जम्मा ७० जनामा मात्र रहेका छन् भने अरु घर फर्किसकेका छन्।
 
महानगरको क्वारेन्टिनमा बस्नेहरु विशेषगरी घरमा बस्ने वातावरण नभएको र होटलमा बस्ने आर्थिक अवस्था नभएकाहरुले राखिने गरेको महानगरका स्वास्थ्य महाशाखाका सिनियर अहेब अर्जुन क्षेत्रीले जानकारी दिए। 

उनीका अनुसार विदेशबाट आएर स्वेच्छाले आफ्नै खर्चमा सुविधासम्पन्न होटलमा बस्न चाहनेहरुका लागि पोखरा महानगरको सहकार्यमा पोखराका विभिन्न २४ वटा होटलले सो सुविधा उपलब्ध गराएका छन्। त्यसैगरी महानगरले बुद्ध हस्पिटल नदीपुरमा महिलाका लागि पनि छुट्टै ५० शै्याको क्वारेन्टिन सञ्चालनमा रहेको  छ। 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल दुई वटा भेन्टिलेटर र ११ आइसियु शै्या रहेको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्मामा अनुसार हालसम्म ३९ हजार ९२१ को नमूना सङ्कलन भएको छ। यसमा सङ्क्रमतिको सङ्ख्या एक हजार ८८९ रहेको छ। गण्डकीमा ८३० क्वारेन्टिन रहेका छन् भने २६१ आइसोलेशनमा रहेका छन्। भारत र तेस्रो मुलुकबाट आउनेको सङ्ख्या १९ हजार ३१५ रहेको छ।
 

प्रकाशित मिति: : 2020-08-24 13:48:10

प्रतिकृया दिनुहोस्