
बिएल संवाददाता
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बालाई कोरोना संक्रमण देखिएको छ।
फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्पले पोग्बालाई कोरोना देखिएको पुष्टि गरेका छन्।
कोरोना देखिएपछि पोग्बा १४ दिनको सेल्फ आइसोलेसनमा रहेका छन्।
यस्तै २७ वर्षीय पोग्बा फ्रान्सको टिमबाट बाहिरिएका छन्। पोग्बा नेसन्स लिग खेल्ने फ्रान्सको टिममा रहेका थिए।
तर, कोरोना देखिएपछि पोग्बाको स्थानमा एडवार्डो कामाभिङ्गालाई टिममा बोलाइएको छ।
उनले युनाइटेडको प्रि-सिजन तयारी पनि गुमाउने भएका छन्।
कोरोना देखिएपछि अर्का मिडफिल्डर टान्गुइ एन्डोमबेले पनि फ्रान्सको टिमबाट बाहिरिएका छन्।
नेसन्स लिगको पहिलो खेलमा फ्रान्सले सेप्टेम्बर ५ मा स्विडेनसँग खेल्नेछ।
यस्तै सेप्टेम्बर ८ मा क्रोएसियासँग खेल्नेछ।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
प्रतिक्रिया