शुक्रबार, २२ अगस्ट २०२५

पाटन अस्पतालमा भक्तपुरकी ४० वर्षिय कोरोना संक्रमित महिलाको मृत्यु

News Image
• • •

ललितपुरको पाटन अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

भक्तपुर ठिमीकी ४० वर्षिया महिलाको उपचारको क्रममा बिहीबार बिहान दुई बजे निधन भएको अस्पतालले जनाएको छ ।

भदौ ६ गते अस्पताल भर्ना भएकी संक्रमित महिला मिर्गौलाकी बिरामी थिइन् । कोरोना संक्रमण भएपछि गम्भीर बनेकी उनको उपचार हुँदाहुँदै ज्यान गएको अस्पतालले जनाएको छ।

बिहिबार, भाद्र १८, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)