
नागरिक दैनिक
कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले भीडभाड र ओहोरदोहोर पूर्ण निषेध गरेको बेला बिहिबार जात्रा मनाउने नाममा पुल्चोकमा ठूलो हुल निस्कियो। उनीहरुले अघिल्लो दिन दबाब मुलुक कार्यक्रम मात्रै गर्ने भनेर प्रहरीलाई जानकारी गराएका थिए। प्रहरीले सामान्य ठान्यो। प्रहरीले १५ जनाभन्दा बढी भेला नहुन भन्यो। तर, बिहिबार विहान १० बजेपछि पुल्चोकमा निकै भीडभाड हुन थाल्यो। दबाबमुलक कार्यक्रम भन्ने वहानामा रथ नै तान्ने तयारी स्थानीय युवाहरुले गरेका रहेछन्।
प्रहरीको उपस्थिति नहुँदै निस्किएको भीडले एकाएक रथमा डोरी बाध्यो र रथ तान्न सुरु भयो। स्थानीय युवाहरु जात्रामा एकाएक भेला भएपछि महानगरीय प्रहरी प्रभाग पुल्चोक र सानेपा प्रभागबाट प्रहरी आयो। कोरोना महामारीको बेला कुनै सावधानी अपनाइएको थिएन। धेरै युवाहरुले मास्कधरी लगाएका थिएनन्। उनीहरुले कोरोना भन्दा ठूलो जात्रा भएकाले जसरी पनि तान्ने भन्दै प्रहरीलाई दवाब दिन थाले। प्रहरीले प्रशासनले रोक्न आदेश दिएको भन्दै युवाहरुलाई सम्झाउन खोज्यो। तर, युवाहरुले मानेनन्। प्रहरीमाथि नै जाइलाग्न थाले। प्रहरीले केही समय छाडिदियो। भीडभाड झन् बढ्यो। स्थानीयले डोरी बाधेर सामान्य अवस्थामा जस्तै रथ तान्न थाले। पाटन क्षेत्रका अधिकांश स्थानीय पुल्चोक क्षेत्रमा भेला भए। पुल्चोकमा भीडभाड बढ्यो। पुल्चोकको प्रहरीले रोक्न नसक्ने स्थित नभएपछि जिल्ला प्रशासन कार्यालय र प्रहरी परिसरमा जानकारी गरायो। रथ तान्ने विषयमा प्रशासनले कुनै निर्णय भने गरेको थिएन। तर, एकाएक आफूखुशी युवाहरु आएर रथ तान्न सुरु गरेपछि प्रहरीले जात्रा रोक्न खोज्यो। आफूहरुको संस्कृतिमाथि प्रहरीले दमन गरेको भन्दै युवाहरु चिच्याउन थालेपछि प्रहरीले अश्रुग्यास, टियरग्याँस र पानीको फोहरा हान्यो। त्यति गरेपछि भीड तितरबितर भयो। त्यतिबेला रथ गावहाल लैजाने क्रममा महानगरपालिकातर्फ तानिँदै थियो। करिब १० मिटर वरसम्म रथ स्थानीयले तानिरहेको थिए। युवाहरुले प्रहरीमाथि ढुंगामुढा समेत गरे। एक ट्राफिक प्रहरीलाई उनीहरुले मरणासन्न हुनेगरी कुटपिट समेत गरेका छन्।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
प्रतिक्रिया