इन्द्रजात्रामा भएको महिला क्रान्ति

देखापढी

काठमाडौँ

सरगत

के तपाईंले कुमारीको रथ तान्नु भएको छ ? हनुमान ढोका वरिपरिका स्थानीयका लागि यो कुनै ठूलो कुरो भएन।

युवा उमेरमा इन्द्र जात्राका बेला रथ नतान्ने भित्री काठमाडौंमा कमै होला। अनि के तपाईंले हाथु द्य:को मुखबाट बगेको जाँडरक्सी खानु भएको छ ? नेपाल भाषामा श्वेत भैरवलाई हाथु द्य: भनिन्छ।

यो पनि कुनै ठूलो कुरो भएन। तर जत्तिले रथ तानेका छन्, ती सबैले जाँड रक्सी खाएको नहुन सक्छ। अलिकति बहादुर हुनुपर्छ, यो कामका लागि। 

भीड छिलोल्दै अगाडि बढ्न सक्नुपर्छ। इन्द्रजात्रा भनेको भर्खर युवा हुनेका लागि खुबै रमाइलो हुने पर्व पनि हो। अबेर रातिसम्म हनुमान ढोका वरिपरि इन्द्रजात्राका बेला बाक्लो हुल लाग्ने गर्छ।

केही वर्ष अगाडिसम्म पनि, भनौं एक पुस्ता अगाडिसम्म पनि युवा युवतीबीच हेराहेर हुने अवसरका रूपमा पनि यो पर्व हुने गर्थ्याे। महिलाहरू पनि यो पर्वको खुबै मज्जा त लुट्ने गर्थे, तर सकेसम्म हुलबाट टाढा बस्थे, सुरक्षित हुन खोज्थे।

दिन फेरिए, समय फेरियो, अनि इन्द्रजात्राका केही स्वरूप पनि फेरियो।

अचेल युवा महिलाले पनि उत्तिकै सक्रियातापूर्वक इन्द्रजात्रामा भाग लिने गर्छन्। के यो कुनै सांस्कृतिक महिला क्रान्ति भन्दा कम छ र ?

प्रकाशित मिति: : 2020-09-04 10:21:56

प्रतिकृया दिनुहोस्