बुधबार, १३ अगस्ट २०२५

ललितपुरमा लगाइएकाे कर्फ्युको समीक्षा गर्न सुरक्षा समितिको बैठक

News Image
• • •

ललितपुर लगाइएको कर्फ्यु हटाउने वा निरन्तरता दिने भन्ने विषयमा सुरक्षा समितिको बैठक बसिरहेको छ। 

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा हिजो भएको झडप र कर्फ्युपछिको अवस्थाबारे समीक्षा भइरहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायाणप्रसाद भट्टले बिएल नेपाली सेवालाई जानकारी दिए।

रातो मत्येन्द्रनाथको रथ तान्ने समूह र प्रहरीबीच बिहीबार पुल्चोकमा झडप भएपछि  ललितपुरमा शुक्रबार बिहान ४ बजेबाट जारी भएको कर्फ्युका कारण महानगर क्षेत्र सुनसान छ।

प्रजिअ भट्टका अनुसार सर्वसाधारण जनताले कर्फ्यु आदेशको पूर्ण रुपमा पालना गरिरहेका छन्। 

शुक्रबार कर्फ्युकै बीच मत्स्येन्द्रनाथको क्षमा पूजा पनि गरिएको छ।आइतबार सोह्रखुट्टे पाटीसम्म रथ तानेर संक्षिप्त विधिबाट बाँकी प्रक्रिया पूरा गर्ने निर्णय गरेको गरिएकने छ।

गत वर्षहरूमा पुल्चोकबाट शुरू हुने रथ यात्रा गाः बाहल–सुनधारा–लगनखेल–इती टोल हुँदै जावलाखेल पुग्थ्यो। त्यहाँ भोटो देखाएपछि रातो मच्छिन्द्रनाथलाई बुङमती पुर्याइन्थ्यो। रथ भने हरेक १२ वर्षमा एकपटक मात्र बुङमती पुराइन्थ्यो।

बुंगद्य: जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जनका अनुसार  यसपटक रथलाई पुल्चोकबाट घुमाएर जावलाखेलसम्म पु¥याइने कार्यलाई संक्षिप्त विधिबाट पूरा गर्न लागिएको हो। त्यसका लागि आइतबार २१ भदौमा अहिले रथ रहेको स्थानबाट करीब पाँच मिटर जस्तो उत्तरपट्टी रहेको पुल्चोकस्थित सोह्रखुट्टे पाटी पुराइनेछ। 

त्यसको अर्को दिन साइत हेरेर प्राप्त हुने दिनमा (सम्भवतः २६ भदौमा) रातो मस्त्येन्द्रनाथ बुङ्मती प्रस्थान गराइने संयोजक महर्जनले बताए। विगतका वर्षहरूमा भोटो देखाएपछि खटमा राखेर मत्स्येन्द्रनाथलाई बुङमती पुर्‍याइएजस्तै यसपटक पुल्चोकबाटै खटमा राखेर बुङमती लगिनेछ। 

वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ कोरोना महामारीका कारण पुल्चोकमा राखिएको महिनौ भइसकेको छ।
 

शुक्रबार, भाद्र १९, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)